Sujang

एक पटक मलाई विजयी गराएर जनताको काम गर्ने अवसर दिनुहोस् – सिंह

डोटी-नेपाली काँग्रेस डोटीका पार्टीका सभापति तथा प्रदेश सभा ‘क’ का उम्मेदवार नरेन्द्र बहादुर सिंहले एक पटक आफूलाई विजयी गराउन मतदाता संघ अनुरोध गरेका छन्।

शुक्रवार दिपायल सिलगढी नगरपालिका-३ दिपायल लगायतका ठाउँमा घरदैलो अभियानमा क्रममा बोल्दै एक पटक जिताएर जनताका साझा मुद्दा उठाउने अवसर दिन भेटघाटमा अनुरोध गरेका हुन् ।

प्रदेश सभा ‘क’ का लोकतान्त्रिक बाम गठबन्धन साझा उम्मेदवार समेत रहेका सिंहले जनताका हक अधिकारलाई स्थापित गर्न र अधुरा विकास योजनाहरूलाई सम्पन्न गर्न तथा रोजगारी सृजना हुने ठुला विकास योजना सञ्चालन गर्नका लागि विजयी गराउन आग्रह गरे ।

उनले भने, ‘यहाँहरूको सद्भाव मायाले मैले ३४ वर्ष पछि टिकट पाएको छु। मलाई विश्वास छ। डोटेली जनताले यो पटक अत्यधिक मतले मलाई विजयी गराउने छन् ।`

उनले थपे,´ जनताको मतलाई शिरोपर राखेर अधुरा विकासका योजनालाई पूर्णता दिनेछु।`

मंसिर ४ को निर्वाचन जीतेपछि यहाँको समग्र विकास, संविधानको रक्षा, समुदायको अधिकार स्थापित गर्ने बताउँदै जनताको भावना अनुरूप काम गरेर नयाँपन दिलाउने प्रतिबद्धता व्यक्त गरे ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.