Sujang

डोटी भूकम्पका दुई जना घाइतेलाई हेलिकोप्टरबाट धनगढी पठाइयो

Ban

डोटीमा भूकम्पमा परि घाईते भएका दुई जनालाई धनगढी रेफर गरेको छ। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी पठाइएकाे हो।

Krishi

पूर्वीचौकी गाउँपालिका–३ की ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई रेफर गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा निराजन श्रेष्ठले जानकारी दिए।

डा श्रेष्ठका अनुसार चनाको छातीमा हावा जमेको, चारवटा करङ्ग भाँचिएको र घाँटीको हड्डी भाँचिएको छ। उनको छातीबाट हावा निकाली थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो। घाँटीका हड्डी भाँचिएकोले उनको सिटी स्क्यान गर्नुपर्ने अवस्था रहेको डा‍ श्रेष्ठ बताए ।

यस्तै बिष्नाको हात भाँचिएको छ। अन्य घाइतेहरुको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.