Sujang

भूकम्पमा प्रभावित क्षेत्रमा तत्काल उद्दार तथा राहतमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन

Ban

डोटीमा भूकम्पमा प्रभावित क्षेत्रमा राहत तथा उद्दारमा खटिन प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सामाजिक सञ्जाल फेशबुकमा मृतक प्रती समवेदना प्रकट गर्दै घाइतेको उपचारमा तत्काल खटिन निर्देशन दिएका हुन्।

डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ। त्यस्तै ६ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। घाइते मध्य ४० बर्षीया चना बोहराको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएर पुर्णमा क्षति भएको छ।

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको हो।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.