

डोटी । डोटीमा केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ ।
डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको पछिल्लो भूकम्पले मानवीय क्षतिसमेत भएको छ।
मंगलबार बेलुकादेखि डोटीमा चारपटक भूकम्पको धक्का महसुस भएको थियो ।
भूकम्पमा परेर डोटीकेही ठाउँमा घरसमेत भत्किएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा ठक्कर बोहोराको घर भत्किँदा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोला कुमार भट्टले जानकारी दिए। अन्य थप बिवरण आउन बाकी रहेको भट्टले बताए ।
