Sujang

दिसिनपाको बार्षिक समिक्षा सम्पन्न

कार्तिक २० गते,डोटी -दिपायल सिलगढी नगरपालीकाको वार्षीक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आइतबार पालीकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी आर्थीक वर्ष २०७८÷०७९ को निति, वजेट तथा कार्यक्रमको प्रगती सम्बन्धि वार्षीक समिक्षा सम्पन्न भएको हो ।

कार्यक्रममा नगरपालीकाका वडा नम्वर १ देखी ९ सम्म र पालीकाका विभिन्न विषयगत शाखाहरुले विगतमा गरेका काम, सञ्चालीत योजना र आगामी कार्यक्रमका वारेमा जानकारी गरेका थिए ।

पालीकाका विभिन्न वडा र विषयगत शाखाले प्रस्तु गरेको तथ्याङ्क अनुसार नगरपालीमा बसाइँसराइ गरेर जानेको संख्या बढ्नुका साथै सरकारी विद्यालहरुमा छात्राहरुको संख्या धेरै रहेको र निजि विद्यालयहरुमा छात्रहरुको संख्या धेरै रहेको देखिएको छ ।

कार्यक्रममा बाेल्दै नगर प्रमुख वाजी सिं खड्का विजयले नगरपालीकाको आवश्यकताको आधारमा कुनै पनि किसिमको आलटाल नगरी आम नगरवासीको हितमा काम गर्न सम्पुर्ण कर्मचारीहरुलाइ आग्रह गरे । सम्वन्धित विषयगत क्षेत्रको कर्मचारीलाइ सम्वन्धित क्षेत्रमा काम लगाउन समेत प्रमुख प्रशासकिय अधिकृतलाई निर्देशन दिए ।

समिक्षा कार्यक्रममा नगरपालीकाको शिक्षा, स्वास्थ्य, कृर्षी तथा पशुपालन, रोजगारी, सहकारी, महिला तथा वालवालीका, योजना तथा विकास र प्रशासनका बारेमा छलफल भएको प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले जानकारी दिए ।

 

समिक्षा कार्यक्रममा नगर प्रमुख वाजी सिं खड्का(विजय), नगरउपप्रमुख कलावती महर साउद, प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकार, सामाजीक विकास अधिकृत रमेश जोशी, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालीका सदश्य, विषयगत शाखाका प्रमुख, वडा सचिव लगायतको सहभागीता रहेको थियो ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.