Sujang

डोटीको बिकास लागि साझा मुद्दा बनाएर अगाडि बढ्ने छु : सिंह

कार्तिक ,१९ गते,डोटी –नेपाली काँग्रेस डोटीका पार्टीका सभापति तथा प्रदेश सभा ‘क’ का उम्मेदवार नरेन्द्र बहादुर सिंहले गरिब मानिसको आर्थिक उन्नति, समृद्धि र उसको जीवनस्तर उठाउने कार्यमा साझा मुद्दा बनाएर आफू अग्रसर हुने बताएका छन् ।

शनिवार लोकतान्त्रिक बाम गठबन्धनको पुर्बीचौकी गाउँपालिकाको गैरागाउँमा आयोजना गरिएको कार्यक्रममा बोल्दै जिल्लाको विकासका लागि आफू कहिले पछि नहट्ने बताउँदै साझा मुद्दा बनाएर आफू अग्रसर हुने बताएका हुन् ।
उनले भने,‘म पदमा हुँदा मात्र होइन, नहुँदा पनि डोटीका जनताको स्वास्थ्य, शिक्षा, अभाव र बेरोजगारी लगायत अनेक समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भनेर लागेकै छु । लाग्ने नै छु । सधैँ तपाईँहरूकै सुख दुःखमा रहेको छु । रहनेछु ।’
संविधान बचाउन, मुलुकको राज्य प्रणाली र शासन प्रणाली जोगाउनका लागी विजयी गराउन मतदातामा अनुरोध गरे ।

गठबन्धन दलको साझा उम्मेदवार भएकाले भोलिका दिनमा गठबन्धन दलका नेताकार्यकर्ताको मनोभावना अनुरूप अगाडी बढ्ने बताए ।

Salmuni
Leave A Reply

Your email address will not be published.