Sujang

गोपालको उपचारमा समस्या,सहयोग गरिदिन परिवारको अपिल

Ban

गणेश मौनी ,कात्तिक १५ डोटी –डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ४ बरालगाउँका गोपाल खत्रीको उपचारमा समस्या भएपछी सहयोगका लागि आग्रह गरेका छन् ।

बिरामीका आफन्तका अनुसार लामो समय देखि मुटुरोगको बिरामी भएका गोपालको मुटुको दुवै भल्ब फेल भए पछी उपचारमा समस्या भएको हो । उनको अहिले गंगालाल राष्ट्रिय ह्र्दय केन्द्र काठमाण्डौमा उपचार भइरहेको छ ।

आफन्तका अनुसार गोपालको मुटुको अप्रेशन गर्नुपर्ने अस्पतालले बताएको जानकारी गराए । आफुसंग भएको पैसा सबै सकिएपछी थप उपचारको लागि धेरै पैसा आवस्यक पर्ने भएकाले सहयोगका लागि सबैलाई अपील गरेको बिरामीकी दिदि हिरा कुमारी खत्रीले बताईन् ।उमेरले २१ पुगेका गोपाल केही समय देखी भारतमा रोजगारी गर्दै आईरहेका थिए ।

उनलाई सहयोग गर्न चाहाने इच्छुक ब्यक्तिले निज बिरामीकी दीदी हिरा कुमारी खत्रीको सेन्चुरी कमर्सियल बैक धनगढी शाखामा रहेको खाता नम्बर -०२९००००९२०सहयोग रकम जम्मा गर्न सकिने बताएको छ ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.