Sujang

डोटी प्रदेश सभा`क´का उम्मेदवार सिंह घरदैलोमा व्यस्त

Ban
डोटी -नेपाली काँग्रेस डोटीका पार्टी सभापति तथा लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश सभा `क´ का साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र दिएका छन् ।
जिल्लाका नौ वटै स्थानीय तहमा लोकतान्त्रिक बाम गठबन्धनको साझा शुभकामना आदानप्रदान कार्यक्रम सकिए लगत्तै सिंहले घरदैलो अभियानलाई तीव्र दिएका हुन् ।
सिंहले लोकतान्त्रिक बाम गठबन्धनको सयुत्त शुभकामना आदानप्रदान पश्चात् सायल गाउँपालिकाबाट घरदैलो अभियानलाई तिव्र दिएको बताए । ‘हामी निरन्तर घरदैलो कार्यक्रममा छौँ,’ उनले भने, ‘हामी जहाँजहाँ घरदैलो तथा चुनावी अभियान लिएर गएका छौँ । त्यहाँत्यहाँका जनता उत्साहित भएको पाएका छौँ ।’ उनले यो पटक  गठबन्धनको तर्फबाट जित निश्चित भएको बताए ।
सिंहले भने ,´मतदाताको घरदैलोमा जाने, उहाँहरूसँग भेटघाट गर्ने, समस्या बुझ्ने जस्ता कामलाई हामीले तीव्रता दिएका छौँ।`
डोटेली जनताको सुख दुःखमा आफू सधैँ रहने बताउँदै जिल्लाको विकास र यहाँका जनतालाई शिरोपर राखेर काम गर्ने बताए ।
सो निर्वाचन क्षेत्रबाट नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष चक्रबहादुर मल्ल उम्मेदवार छन् ।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.