Sujang

सूचना अधिकारी र सञ्चारकर्मीहरुको बैठक सम्पन्न

Ban

जेठ २९,डोटी : जिल्ला प्रशासन कार्यालय डोटीले आयोजना गरेको सूचना अधिकारी र सञ्चारकर्मीहरुको बैठक सम्पन्न भएको छ ।
सोमवार जिल्ला प्रशासन कार्यलयको सभाहलमा वैठक सम्पन्न भएको हो ।

बैठकमा सहभागि अधिकांश सूचना अधिकारीहरुले आफ्नो कार्यालयबाट प्रदान गरिने सूचनाहरु उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । आगामी दिनमा दिन मिल्ने सूचना कुनै कन्जुस्याइँ नगरी दिने सहभागीहरुले बैठकमा बताएका थिए । तर केही सूचना अधिकारीले सूचना पाउन आफुलाई पनि गाह्रो हुने गरेको उक्त बैठकमा तितो यथार्थ पोखेका थिए ।

उक्त बैठकमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बमले प्रशासनले थालनी गरेको सूचना अधिकारी र सञ्चारकर्मीहरुको बैठक महत्त्वपूर्ण रहेकोे बताए ।

विगतमा सञ्चारकर्मिले सूचना माग गर्दा महिनौं दिन कुर्नुपर्ने बाध्यता यस्ता बैठकले केही मात्रामा भएपनि समाधान हुने बताए । सूचना अधिकारी र सञ्चारकर्मीहरुको बैठकमा बोल्दै अध्यक्ष बमले भने ,’ सबै पालिकाका सूचना अधिकारीको उपस्तिथि अझै हुन नसकेको, सूचना अधिकारी र पत्रकारको ग्रुप निर्माण भए पनि सदुपयोग हुन नसकेको , वेवसाईटहरु अपडेड अझै हुन नसकेको , वेवसाईडहरुमा अद्यावधिक गरी नियमित रुपमा स्वतः प्रकाशन हुने सूचना सार्वजनिक केही कार्यलयले प्रकासन नगरेको , सूचना दिन अहिले पनि आनाकानी गरेको ,लागू औसध दुर्ब्यसनीका घट्ना वढ्दै गएको र क्षमता भन्दा वढि यात्रु बोक्ने कार्य वढ्दै कार्यमा लाग्नु पर्ने कुरा जोड दिए ।’

पछिल्लो समय भ्रामक सूचना र अफवाह फैलाउने कार्य वढेकाले यस्ता कार्यलाई नियमन गर्नुपर्ने , समाचार लेखेका कारण पत्रकार माथी दिईने धाक धम्किलाई रोक्नुपर्ने लगायतका विषयमा समेत बमले जोड दिएका थिए ।

Krishi

बैठकमा बोल्दैले उनले समाचार तयार गर्दा स्रोत व्यक्तिहरू बोल्न आनाकानी गर्ने, वेबसाइटमा अद्यावधिक सूचना नपाइने, र सूचना माग्दा केही कार्यालयले अझै पनि कञ्जुस्याइँ गर्ने गुनासो गरे।

त्यस्तै बैठकमा बोल्दै प्रेस युनियन डोटीका अध्यक्ष चक्र कुँवरले सूचना अधिकारी सूचनाका विषयमा सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रष्ट हुन जरुरी रहेको बताए । उहाँहरु सूचनाका विषयमा सन्तुष्ट र पोख्त भए मात्र संञ्चारकर्मिले सहज सूचना पाउने उनले बताए ।

प्रमुख जिल्ला कल्पना घिमिरे नेपालले सवै सार्वजनिक निकायका वेवसाईटहरु अद्यावधिक गरी नियमित रुपमा स्वतः प्रकाशन हुने सूचना सार्वजनिक गर्न सूचना अधिकारीहरुलाई निर्देशन दिए ।

वैठक औपचारिकता पुरा गर्नका लागि मात्रै नभएर बैठकमा भएका निर्णयहरु तत्काल कार्यान्वयनमा ल्याउन उनले जोड दिए।

सूचना अधिकारीहरुले गरेको अद्यावधिक विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउन समेत निर्देशन दिए ।
सूचना आधिकारिक र सञ्चारकर्मी सँगै एउटै ठाउँमा सहभागी गराउँदा गुनासो समयमै समाधान हुने र सूचना आम जनमानसमा चाडै पुग्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी नेपाल जिल्ला प्रसाशनले गरिरहेका कार्यका बारेमा उक्त बैठकमा प्रस्तुति समेत राख्नु भएको थियो ।

जिल्ला प्रसासन कार्यालय डोटी आयोजनामा सूचना अधिकारी तथा संचार कर्मीको नियमित चौथो बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी नेपालको अध्यक्षतामा बसेको बैठकमा सेवा प्रभावकारिता, सूचनाको हक कार्यान्वयन लगायत जिल्लाका विभिन्न सरोकारका विषयमा छलफल गरिएको थियोे ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.