Sujang

जोरायलमा ३२ सय मिटर दाैड प्रतियोगिता हुने

Ban
Krishi

चैत २४,डोटी — रोयल जोरायल क्लब द्वारा आयोजना गरिने खुल्ला दौड प्रतियोगितामा सहभागी हुन आह्वान गरिएको छ। क्लबले एक सूचना जारी गर्दै यही चैत २९ गते बिहान ६ बजे कार्यक्रम सञ्चालन हुने जनाएको छ।
स्व. केशव कठायतको स्मृतिमा “चौथो दौड जोरायल समृद्धिको बाटोमा” भन्ने मूल नाराका साथ ३२०० मिटर दूरीको खुल्ला दौड प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता जोरायल क्षेत्रमा सञ्चालन गरिने जनाइएको छ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। जसअनुसार प्रथम पुरस्कार रु ११,०००, द्वितीय पुरस्कार रु ५,५००, तृतीय पुरस्कार रु २,५००, चौथो पुरस्कार रु १,५००, पाँचौं पुरस्कार रु १,००० र सातौं स्थानसम्मका लागि रु ५०० प्रदान गरिनेछ।
कार्यक्रममा सहभागी हुन इच्छुक खेलाडीहरूले नाम दर्ता शुल्क रु २०० तिर्नुपर्नेछ भने दर्ता अन्तिम मिति चैत २६ गते बेलुका सम्म तोकिएको छ। सहभागी सबैलाई निःशुल्क टि–सर्ट समेत उपलब्ध गराइने क्लबले जनाएको छ।
क्लबका अध्यक्ष चेतराज भट्टका अनुसार खेलकुदको माध्यमबाट स्वस्थ समाज निर्माण तथा युवालाई सक्रिय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। साथै प्रतियोगिताको संयोजन तथा कोषाध्यक्षको जिम्मेवारी मोहन साहले सम्हाल्ने जनाइएको छ।
प्रतियोगितामा सहभागी भई कार्यक्रम सफल बनाउन क्लबले सम्पूर्ण खेलप्रेमी तथा स्थानीयवासीलाई अनुरोध गरेको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.