

चैत ७ गते ,डोटी : पतञ्जलि योग समिति नेपाल डोटीको चौथो जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा गणेश मलासीलाई सर्बसम्मत चयन गरिएको छ ।
शनिबार सिलगढीमा सम्पन्न चौथो जिल्ला अधिबेशनबाट मलासीलाई अध्यक्ष पदमा चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा जगत बहादुर खड्का, बिजय ओझा , महासचिवमा लवदेव भट्ट,कोषाध्यक्ष हिक्मत विष्ट,सोसल मिडिया प्रभारीमा खगेन्द्र सिंह,प्रशिक्षण विभाग प्रमुख बलदेभ जोशी , संगठन सचिव केशव ओझा चयन हुनुभएको छ ।
समितिको सदस्यमा तुलाराम साउद, लक्ष्मण बलायर, सारदा सिंह, शोभा सिंह र कृष्ण विक चयन हुनुभएको छ ।
सल्लाहकारमा लक्ष्मण बहादुर सिंह,बाजी सिंह खड्का,खेम भण्डारी ,लक्ष्मी बम,रमेशचन्द्र जोशी चयन हुनुभएको छ ।
चौथो जिल्ला अधिबेशन पतञ्जली योग समितीका जिल्ला अध्यक्ष खेम भण्डारीको अध्यक्षता एवं दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिंह खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन महासचिव लवदेभ भट्टले प्रस्तुत गरेका थिए ।

