

फागुन ३,डोटी :डोटीमा बोलेरो जिपको ठक्करबाट दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिपायल सिलगढी नगरपालिका–४ द्वारिगाड पक्की पुल नजिक के.आई.सिंह राजमार्गमा बोलेरो जिपको ठक्करबाट दुई जना युवती घाइते भएकी छन् ।

आइतबार दिउँसो डेढ बजेतिर सिलगढीबाट दिपायलतर्फ आउँदै गरेको सु.प.प्र. ०२००१ च १४०७ नं. को बोलेरो जिपले पैदल हिँडिरहेकी शिखर नगरपालिका–१० बान्डुग्रीशैन निवासी २० वर्षीया रुकु बलायर र बैतडी सिगास गाउँपालिका–५ निवासी १८ वर्षीया रोशनी धामीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा रुकु बलायरको दाहिने खुट्टामा चोट लागेको छ भने रोशनी धामीको कम्मर तथा दाहिने खुट्टामा चोट लागेको छ।
घाइते दुवैको शैलेश्वरी अस्पताल भइरहेको जनाएको छ ।
जिप चालक फरार रहेको र खोजतलास कार्य जारी रहेको प्रहरी नायब निरीक्षक डम्बर कठायतले बताए। जिप हाल प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

