Sujang

खेलकुद आपसी सद्भाव, सहकार्य र मित्रता बढाउने कडी हो : आनन्द

Ban

माघ २० गते कैलाली :खेलकुदले समाजका युवाहरुबीच आपसी सद्भाव, सहकार्य र मित्रता बढाउने कडी स्थापित गर्दै आएको कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्र्रेसबाट उम्मेदवार बनेका गोरखबहादुर बिष्ट ‘आनन्द’ ले बताएका छन्् । गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैया बालुवाटारस्थित खेलकुद मैदानमा खेलाडीहरुसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन्।

Krishi

खेलकुदका माध्यमबाट युवाहरुबीच आपसी सद्भाव, सहकार्य, मित्रता र एक अर्काप्रतिको सम्मान प्रकट गर्ने भावना जागृत हुने बताउँदै उनले भने,‘खेलकुदका माध्यमबाट युवाहरुलाई लागूऔषध दुव्र्यसनीबाट टाढा राख्न सकिन्छ ।’ स्वास्थ जीवनका लागि खेलकुद अपरिहार्य भएको पनि उनले बताए । सम्पन्न राष्ट्रहरुमा ठाउँ ठाउँमा खेलकुदका लागि मैदान तथा विभिन्न व्यायामशाला निर्माण गरिने गरिएको बताउँदै उनले भने,‘हामीले पनि आम नागरिकलाई स्वस्थ् बनाउन खेलकुदका गतिविधि बढाउनुका साथै व्यायामशाला समेत निर्माण गर्नु जरुरी छ ।’ उनले आफूले आफ्नो निर्वाचन घोषणा पत्रमा पनि युवाहरुका लागि खेलकुद स्टेडियम, मैदान तथा व्यायामशाला निर्माणका योजना ल्याउने बताए ।

अहिलेको अवस्थामा युवाहरु बेरोजगार भएर दुव्र्यसनीमा फसिरहेको र तमामौ युवाहरु दुव्र्यसनीकै कारण जेल जीवन विताउन बाध्य रहेको उनले बताए । ‘युवाहरुलाई फुर्सदिलो समयमा हामीले खेलकुदमा अल्झाउन सकेमा दुव्र्यसनीबाट बचाउन सक्छौ,’ उनले भने,‘तसर्थ पनि हामीले युवा लक्षित खेलकुदका गतिविधि बढाउन जरुरी छ ।’
खेलकुदमार्फत युवाहरुले समाजलाई योगदान गरेर राष्ट्र निर्माणको वृहत प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्न सकिने उनले बताए ।

उनले युवाहरुले खेलकुदका माध्यमबाट पनि आयश्रोत बढाउन सकिने र देश विदेश घुम्न सकिने पनि बताए । ‘राम्रो खेलाडी उत्पादन भएमा खेलकुदका विभिन्न प्रतियोगितामा देश तथा विदेशमा गएर खेल्न सक्छन्,’ उनले भने,‘जसले गर्दा खेलाडीले पनि राम्रो पारिश्रमिक पाउनुका साथै जिवन यापनमा पनि सहजता हुन्छ ।’

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.