

माघ १५ गते ,डोटी: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आज डोटी आउदै छन ।

सुदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङको भ्रमण सकेर डोटी आउन लागेका हुन । आज बिहिवार ११:०० बजे शाह डोटीको दिपायलमा हुने कार्यक्रममा सरिक हुनेछन् ।
डोटीमा भेटघाट सकेर उनको टोली बाजुरा जाने राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेन्द्र खड्काले बताएका छन् ।
बालने शाह अहिले सुदूरपश्चिमको भ्रमण छन् । शाह बाजुरा जिल्लामा भेटघाट सकेर अछाम जाने बताइएको छ ।

