Sujang

डोटीमा पनि मनाइयो भूकम्प सुरक्षा दिवस

Ban

माघ २ गते, डोटी: विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै डोटीमा पनि २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ ।

यस वर्ष ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

Krishi

भुकम्प सुरक्षा दिवसको अवसरमा पहिलो दिन सिलगढी, दिपायल र राजपुर बजारका मुख्य चोक तथा वढीआवागनमा हुने ठाउँमा भुकम्प सुरक्षा सम्बन्धि सन्देश मुलक जानकारी लेखिएको फ्ल्यास प्रिन्टीङ टाँसिएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले वताईन् ।

शनिवार भुकम्प सुरक्षा सम्बन्धि कृतिम अभ्यास प्रदर्शन गरीने, आईतवार भुकम्प सुरक्षा सम्बन्धि अभिमुखिकरण गरीने प्रमुख जिल्ला अधिकारी नेपालले वताईन् ।

विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पु¥याएको थियो ।
विस १९९० को भूकम्पमा परी आठ हजार ८१९ जनाको मृत्यु भएको थियो । असी हजार घर ध्वस्त भएका थिए ।
ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो । यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार ६७० जनाको निधन भएको थियो भने सातलाख भन्दा बढी आवासमा क्षति पुगेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.