Sujang

डोटीमा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

Ban

सुवास नेपाली,पुस २२ डोटी :डोटीमा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ। गैरसरकारी संस्था महासंघ डोटीको आयोजना तथा युरोपियन युनियनको सहकार्यमा आयोजित उक्त कार्यक्रम डोटीको सिलगढीस्थित जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न भएको हो।
अन्तर पुस्ता संवाद कार्यक्रममा सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जबाफदेहिता तथा स्थानीय तहमा गैरसरकारी संस्थाको भूमिका लगायतका विषयमा केन्द्रित रही विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा विभिन्न पुस्ताका सहभागीहरूले आफ्ना अनुभव, दृष्टिकोण र सुझाव प्रस्तुत गर्दै समाजमा सुशासन कायम गर्न सबै सरोकारवालाबिच साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले लोकतन्त्रको दीगो विकासका लागि नागरिक समाज थप सशक्त हुनुपर्ने बताए।
नागरिक अभियान कमजोर भए लोकतन्त्र प्रति पनि प्रश्न उठेको अवस्था आएको भन्दै लामो समयको लडाइँपछि प्राप्त उपलब्धि रक्षा गर्न सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने उनले बताए।

Krishi

कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजि सिंह खड्काले सुशासन र पारदर्शिता सुनिश्चित गर्न नागरिक, जनप्रतिनिधि तथा संघ–संस्थाबिच आपसी समझदारी र सहकार्य अपरिहार्य रहेको बताए। उनले आफ्नो नगरपालिका सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणका लागि प्रतिबद्ध भएर काम गरिरहेको उल्लेख गरे।
उनले यस्ता अन्तर पुस्ता संवाद कार्यक्रमले पुस्ताबिच सोच, अनुभव र जिम्मेवारीको आदान–प्रदान गराई स्थानीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
त्यस्तै सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले भ्रष्टाचार न्यूनीकरणका लागि सचेतना अभिवृद्धि, नियमित निगरानी र जबाफदेहितालाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए। उनले युवापुस्ताको सक्रिय सहभागिताले स्थानीय शासन प्रणालीलाई अझ पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले अन्तर पुस्ता संवादले नीति निर्माणदेखि कार्यान्वयनसम्म सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए। उनले स्थानीय तहमा सुशासन प्रवर्द्धनका लागि नागरिकको निगरानी भूमिका अझ सशक्त बनाउनुपर्नेमा समेत जोड दिए।
कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजि सिंह खड्का, सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी, जिल्ला प्रशासन कार्यालय डोटी तथा जिल्ला प्रहरी कार्यालय डोटीका प्रतिनिधि, जिल्लास्थित विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनिधि, पत्रकार,गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका डोटी शाखाका अध्यक्ष प्रकाश बमले गरेका थिए।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.