Sujang

जिल्ला स्तरीय सल्लाहकार समितिको बैठक सम्पन्न

Ban

मंसिर १७, डोटी : जिल्ला स्तरीय सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।

बुधवार प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालको आयोजनामा सिलगढीमा जिल्लामा दीर्घकालीन रूपमा हुँदै आएको बहुसरोकारवाला विवाद समाधान प्रक्रियाको समीक्षा तथा पृष्ठपोषणका उद्देश्यसहित जिल्ला स्तरीय सल्लाहकार समितिको बैठक सम्पन्न भएको हो ।

Krishi

उक्त बैठकमा संस्थाले जल, जमिन तथा जंगलसँग सम्बन्धित बृहत्तर खालका विवादहरूमा माकुरा विधिबाट सहजीकरण गर्दै आएको गतिविधिबारे विस्तृत जानकारी गराएको थियो। राष्ट्रिय स्रोत व्यक्ति लोगबहादुर थापाका अनुसार संस्थाले २०७२ सालदेखि मेलमिलाप अभियानमार्फत अन्तर व्यक्तिगत विवादहरूमा समेत सहजीकरण गर्दै शान्ति स्थापनामा योगदान पुर्‍याउँदै आएको छ।

थापाका अनुसार संस्थाले विगत एक दशकमा २१ वटा बहुसरोकारवाला विवाद समाधान गरेको छ भने ५ वटा विवाद हाल छलफल प्रक्रियामा छन्। शिखर नगरपालिका, दिपायल–सिलगढी नगरपालिका, आदर्श गाउँपालिका, जोरायल गाउँपालिका, केआईसिंह गाउँपालिका र वडिकेदार गाउँपालिकामा संस्थाले विभिन्न चरणमा काम गरेको छ। हाल भने कार्यक्रम केआईसिंह, जोरायल र वडिकेदार गाउँपालिकामा सञ्चालनमा रहेका छन्।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले बहुसरोकारवाला विवाद समाधानमा समन्वय र सहकार्य अत्यावश्यक भएको बताए।
त्यस्तै जिल्ला न्यायाधीश पदमराज पाण्डेले जिल्लामा देखिने विविध प्रकारका द्वन्द्व समाधानका लागि सबै निकायको भूमिका महत्त्वपूर्ण रहने धारणा राखे।

बैठकमा सहभागीहरूले जिल्लामा रहेका बहुसरोकारवालाका विषयमा अझ प्रभावकारी कार्य गर्न सुझाव दिएका थिए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.