Sujang

डोटीमा एक जना मृत अवस्थामा फेला

Ban

मंसिर १४ गते ,डोटी : डोटीको शिखर नगरपालिका–९ उच्चाकोटमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। आइतबार बिहान करिब ८:१५ बजे भित्री कच्ची सडक खण्डको बायाँपट्टि शिखर–९ वडा कार्यालयमा कार्यरत अन्दाजी ५५/५६ वर्षका कार्यालय सहयोगी तारा सिंह खत्री मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

Krishi

उक्त घटनाबारे जानकारी सिताराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दीपक साँउदले प्रहरीलाई गराएपछि प्र.स.नि. चन्द्रबहादुर बलायरको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी निरीक्षक नवराज रावलको नेतृत्वमा ६ जनाको टाेलि घटना स्थल पुगेको छ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रावलले बताए।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.