Sujang

नेपाल पुलिस स्कुलमा यु–१६ छात्र फुटबल हुँदै

Ban

मंसिर ११ गते : नेपाल पुलिस स्कुल बेलचौतरामा यु–१६ छात्र फुटबल प्रतियोगिता हुने भएको छ । स्कुलले गण्डकी प्रदेशस्तरीय अन्तर विद्यालय प्रतियोगिता आयोजना गरेको हो ।

मंसिर १७ देखि २१ गतेसम्म शुक्लागण्डकी नगरपालिका–५ बेलचौतरामा रहेको स्कुलको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । नकआउट प्रणालीमा हुने प्रतियोगितामा पहिला दर्ता हुने १६ टिमलाई प्रतिस्पर्धा गराइने विद्यालयका प्राचार्य रामचन्द्र शाहीले बताए । मनाङ र मुस्ताङबाहेकका जिल्लाबाट प्रतिस्पर्धी टोली आउने अनुमान गरिएको छ ।

Krishi

प्रचार्य शाहीका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

सर्वोत्कृष्ट खेलाडी नगद ४ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनेछन् । उत्कृष्ट श्रेष्ठ गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही २ हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र दिइने स्कुलले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

गण्डकीमा फुटबलको क्रेज बिस्तारै घट्दै गइरहेकाले खेलाडी उत्पादनमा सघाउन प्रतियोगिता आयोजना गरेको नेपाल पुलिस स्कुलका समादेश प्रहरी निरीक्षक दिनेश गौतमले बताए । ‘विद्यार्थीको खेल क्षेत्रमा अभिरुचि बढाउनुका साथै उनीहरूको प्रतिभालाई उजागर गर्दै भोलीका दिनमा खेललाई व्यवसायीक रूपमा लैजाने माध्यम हुनेछ’, उनले भने ।

विद्यालयबिच खेलको माध्यमबाट सम्बन्ध विस्तारमा सघाउने उनको भनाइ थियो । युवा खेलाडीलाई सक्षम र आत्मविश्वासी बनाउने लक्ष्य रहेको उनले सुनाए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.