Sujang

स्वास्थ्य कार्यालय डडेल्धुरा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट

Ban

मंसिर ७ गते ,डोटी : सुदूरपश्चिम प्रदेशका स्वास्थ्य कार्यालयहरूले सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमका सूचकाङ्कको मूल्याङ्कनमा स्वास्थ्य कार्यालय डडेल्धुरा प्रदेशभरिमै उत्कृष्ट भएकाे छ।

Krishi

स्वास्थ्य कार्यालय डडेल्धुराले ८५.२० अंकसहित ‘ए’ ग्रेड हासिल गर्दै अन्य जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पछि पारेकाे हाे। यस मूल्याङ्कनमा स्वास्थ्य कार्यालय डोटी ८२.५० अंकसहित दाेस्राे भएकाे छ भने कैलाली ८१.७५ अंकसहित तेस्राे भएकाे छ।

स्वास्थ्य कार्यालय डडेल्धुराले यस उपलब्धि हासिल गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारकर्मी, जनप्रतिनिधि तथा सरकारी–गैरसरकारी साझेदार संस्थाहरूलाई धन्यवाद व्यक्त गरेको छ। 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.