

कार्तिक ४, कञ्चनपुर —प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शवयात्रा हजाराैंकाे सहभागितामा सुरू भएकाे छ ।

विपिनकाे राष्ट्रिय सम्मानसहित मंगलबार भीमदत्त नगरपालिकाकाे भुजेलाघाटस्थित महाकाली नदीमा अन्त्येष्टि गरिन लागेकाे हाे ।
सोमबार काठमाडौं ल्याइएको विपिनकाे शव नेपाली सेनाले साँझ धनगढी विमानस्थलसम्म लगेकाे थियाे । त्यहाँबाट राति नै भीमदत्त-३ स्थित घरमा लगिएकाे थियाे ।
शवयात्रामा हजाराैं स्थानीयसहितकाे सहभागिता रहेकाे छ । शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी छन् । विपिनकाे सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्ने तयारी भइरहेकाे जिल्ला प्रहरीका डीएसपी सागर बाेहराले बताए ।

