Sujang

धनगढीमा खुला भलिबल प्रतियोगिता हुने

Ban
Krishi

असोज २० गते ,कैलाली :धनगढीमा खुला भलिबल प्रतियोगिता हुने भएकोछ।यहि असोज ३० गतेदेखि कार्तिक २ गतेसम्म धनगढी रंगशालामा प्रतियोगिता हुन गईरहेको हो।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५० हजार ,ट्रफी,मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद २५०००/- ट्रफी,मेडल र प्रमाणपत्र र तृतीय हुने टिमले नगद १५ हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।यसैगरी ब्यक्तिगत बिधातर्फ समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ।
सुदुरपश्चिम प्रदेश भरका क्लबहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन।
प्रतियोगिताको आयोजक संस्कार मन्टेश्वरी स्कुल गोदावरी८ स्याउलेबजार कैलाली,संरक्षकमा जिल्ला भलिबल संघ कैलाली, मुख्य प्रबर्द्धकमा धनगढी उपमहानगरपालिका धनगढी कैलाली, अफिसियल मिडिया पार्टनरमा समर्पण मिडिया धनगढी रहेका  छन।प्रतियोगितालाई अमेरिका निवासी युवा समाजसेवी बिनोद शाही, कैलाली विद्या निकेतन धनगढी कैलालीका संस्थापक प्रीन्सिपल टोपेन्द्र शाह, साईन रेसुङ्गा बिकास बैंकका प्रबन्धक रबिन्द्र शाही,कामिक्षादेवी डेरीका संचालक मोहन बोहरा,हाल इजरायल निवासी युवा समाजसेवी नारद बोगटीले प्रायोजन गर्नुभएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.