

असोज १९ गते, डोटी : जिल्ला प्रशासन कार्यालय, डोटीले असोज २० गते सोमबारदेखि कार्यालयका सबै सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ।

गृह मन्त्रालयको निर्देशनअनुसार असोज १९ गते सार्वजनिक बिदा मनाइएको भए पनि अब सोमबारदेखि सबै सरकारी तथा सार्वजनिक निकायहरूमा सेवा प्रवाह सुचारु हुने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको हो।
प्रशासकीय अधिकृत भोज बहादुर ऐडिद्वारा जारी सूचनामा सोमबारदेखि नागरिकका कामकाज र प्रशासनिक सेवा सामान्य रूपमा सञ्चालन हुने उल्लेख छ।
साथै, सेवाग्राहीहरूलाई सहज र समयमै सेवा उपलब्ध गराउन सम्बन्धित निकायका कर्मचारीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। कार्यालयले नागरिकहरूलाई आवश्यक सेवा लिन तोकिएको समयमै उपस्थित हुन अनुरोध गरेको छ।

