Sujang

डोटीमा पहिरोमा परेर एक  बालिका बेपत्ता

Ban

आश्विन १२, डोटी —डोटीमा पहिरोमा परेर एक बालिका बेपत्ता भएकी छि

Krishi

आइतबार जिल्लाको पूर्वीचौकी गाउँपालिका-२ हुणेखोलास्थित सिलगढी झिग्राना सडक खण्डमा पहिरो खस्दा आमासँगै पैदल हिँडिरहेकी बालिका भगवती विष्ट पहिरोमा च्यापिई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बेपत्ता हुने बालिका सायल गाउँपालिका वडा नं. ४ भाल्माकी २६ वर्षीया महेश्वरी विष्टकी छोरी हुन् । पहिरोमा परी महेश्वरी विष्ट, उनका छोरा ७ वर्षका सबिन विष्ट र ९ वर्षकी छोरी करिष्मा विष्ट पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलले जानकारी दिए।
बेपत्ता वालिकाको नेपाली सेना, प्रहरी ,स्थानीयले खोजी कार्य गरेपनि फेला नपरेको वताइएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.