

भदौ १३ गते डोटी : डोटीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा जोरायल गाउँपालिका – ४ लक्ष्मीनगर बस्ने ४० वर्षीय हर्क बहादुर मडै रहेका छन् ।

मडै २०७९ साल चैत ५ गते सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ११ महिना १ दिन कैद फैसला भई दोषी ठहर भएर फरार रहेका थिए ।
उनलाई बिहीबार दिउँसो २ बजे गोदावरी नगरपालिका – २ बनखेतमा लुकी छिपी बस्दै अवस्थामा जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी वरिष्ठ हवल्दार सुनिल सिंह साउँदको कमान्ड गएको टोली पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अनुसार मडैले डडेलधुरामा एक जनाको हत्या गरिएको जनाएको छ।
उनलाई कैलालीबाट ल्याएर जिल्ला अदालत डोटीमा पेस गरेर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

