Sujang

नेपाल लोकतान्त्रिक खेलकुद संघ डोटीको अध्यक्षमा : केसी

Ban

भदौ ९ गते ,डोटी : नेपाल लोकतान्त्रिक खेलकुद संघ डोटी जिल्ला अध्यक्षमा दिनेश केसी निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार नेपाली काँग्रेस पार्टी कार्यालय सिलगढीमा सम्पन्न प्रथम अधिवेशनबाट उपाध्यक्षमा कृष्ण बहादुर भण्डारी, उपाध्यक्ष (महिला) मा रमिता बोहरा , सचिवमा यदु भण्डारी , सह–सचिवमा दिपा विष्ट र कोषाध्यक्षमा उपेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका हुन् ।

समितिको सदस्यहरूमा नेत्र ऐर,विकास खत्री , सचिन खड्का, लोकेन्द्र पाण्डे , विवेक खड्का, धुर्ब मल्ल, रोशन जोशी , प्रवीण उपाध्याय,रोशन सिंह,हर्क नागरी, दीपेन्द्र कठायत,टेक चयडा,मुना ओझा, शमशेर मल्ल, तुलसी विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

Krishi

त्यस्तै प्रथम जिल्ला अधिवेशनले डोटी क्षेत्र नम्बर ‘क’ को लागि अध्यक्षमा विकास खत्री र क्षेत्र नम्बर ‘ख’ को अध्यक्षमा रोशन जोशीलाई चयन गरिएको छ।

त्यस्तै प्रदेश प्रतिनिधिमा दिनेश केसी,यदु भण्डारी , विकास खत्री , नेत्र ऐर , दिपा विष्ट, रोशन जोशी ,रमिता बोहरा र धुर्ब मल्ल चयन गरिएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ डोटीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन नेपाली काङ्ग्रेसका डोटीका कार्यवाहक पार्टी सभापति तथा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्काले गरेका थिए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.