Sujang

रमेश प्रसाईको आरोप: “चुच्चे नक्सा राष्ट्रवादको नाटक, रविमाथि राजनीतिक प्रतिशोध”

Ban

भदौ ८, डोटी :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता रमेश प्रसाईले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि राष्ट्रवादको नाटक गरेको आरोप लगाएका छन्। डोटीमा आयोजित कार्यक्रममा प्रसाईले ओलीले ल्याएको चुच्चे नक्सा राष्ट्रवादको आवरणमा गरिएको नाटक मात्रै भएको दाबी गरे।

Krishi

उनले भने, “ओलीले चुच्चे नक्सा ल्याएर ठूलो राष्ट्रवादी बनेजस्तो गरे, तर त्यसको पोल तब खुल्यो जब सरकारले नयाँ नोट नै छापेन। यदि साँच्चै त्यो नक्सा गम्भीर थियो भने, नयाँ नोटमा त्यसलाई राख्नुपर्ने थियो।”

प्रसाई अहिले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगी अभियोगमा भएको भनिएको राजनीतिक प्रतिशोधको विरुद्धमा हस्ताक्षर संकलन अभियानमा डोटी पुगेका छन्। उनले लामिछानेमाथि लागेको मुद्दालाई ‘कानुनको दुरुपयोग’ भन्दै अस्वीकार गरे।

उनको भनाइमा, “देशभरका सहकारी ठगीहरूमा अरु नेताको संलग्नता हुँदाहुँदै रविमाथि मात्र कारबाही हुनु राजनीतिक प्रतिशोध हो। यदि सरकारले सहकारी पीडितप्रति साँच्चै चिन्ता देखाएको भए, जिवि राईको सम्पत्तिमाथि कारबाही गरेर रकम फिर्ता गराउन सकिन्थ्यो।”

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.