Sujang

पानी नपर्दा बीउ काट्दै किसान,मुख्यमन्त्रीलाई खुला पत्र

Ban

एकेन्द्र चन्द श्रावण २७, डोटी:एकातिर सलल कर्णाली नदी बगेको छ अर्को तर्फ ठुलिगाड बर्खा याममा कहिले खेत डुबानमा पर्छ कहिले बस्ती जोखिममा तर यस वर्ष ठिक उल्टो भएको छ । पानी नपर्दा जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर -३ घाङल ओखलढुङ्गाका किसान अहिले मारमा परेका छन् ।

रोप्नलाई ठिक्क पारेको धानको बीउ । पानी नपरे पछि स्थानीयले बीउ नै काट्न थालेका छन् । भने बर्षौ देखि सिचाइ कुलोको माग गर्दा समेत प्रदेश सरकारले माग सम्बोधन नगरे पछि प्रदेश सरकार र मुख्यमन्त्री लाई नेपाली काँग्रेसका बडिकेदार गाउँपालिकाका सचिव समेत रहनु भएका स्थानीय सिद्ध राज विष्टले मुख्यमन्त्री लाई खुला पत्र लेखेका छन् साहलाई सामाजिक सञ्जाल (फेसबुक )मार्फत खुला पत्र लेख्दै आफ्नो गुनासो र माग सार्वजनिक गर्नुभएको छ।

उहाँले तीन पटकसम्म मुख्यमन्त्री भइसकेका साहको कार्यकालमा पनि आफूले वर्षौँदेखि अगाडि सारेको बडिकेदार गाउँपालिका ३ ओखलढुङ्गा ‘खनिया ताल–देउथान–चाका–गाजरी–बेवरा–ओखलढुङ्गा सिँचाइ योजना’ आजसम्म कार्यान्वयन नहुनुमा गहिरो दुःख व्यक्त गर्नुभएको छ।

पत्रसँगै उहाँले सामाजिक सञ्जालमार्फत एक तस्बिर पनि सार्वजनिक गर्नुभएको छ, जसमा सिँचाइको अभाव र अकासे पानी नपर्दा धान रोप्न नसकी धानको ब्याडमै बीउ काटिरहेको दृश्य देखिएको छ ।

Krishi

उक्त तस्बिर मार्फत उहाँले किसानहरूको वास्तविक पीडा स्पष्ट रूपमा देखाउन खोज्नु भएको छ ।

विष्टले पत्रमा आफूले कहिल्यै व्यक्तिगत लाभका योजना नमागेको तर किसानका लागि अत्यन्तै महत्त्वपूर्ण सिँचाइ आयोजना बेवास्ता हुनु दुखद भएको उल्लेख गर्नुभएको छ।

“तपाईँहरूलाई बासमती र मार्सीको चामल पुग्ला तर गाउँका झुपडीमा बस्ने किसान कसरी बाच्ने?” भन्दै उहाँले सुदूरपश्चिममा युवाहरूको विदेश प्रवास रोक्ने र पहाडी बस्ती खाली हुन नदिने राजनीतिक भाषणहरूलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ।

उहाँका अनुसार ठुली गाड नदीबाट सिँचाइको प्रचुर सम्भावना भए पनि यसको उपयोग नहुनु गम्भीर विडम्बना हो। पत्रमा उहाँले मुख्यमन्त्रीको सचिवालयमा वास्तविक जनगुनासो सुन्ने संस्कृतिको कमी रहेको र साना गुटगत स्वार्थमै सीमित हुने प्रवृत्ति हाबी रहेको आरोप लगाउनु भएको छ । अन्त्यमा उहाँले मुख्यमन्त्री साहलाई एक पटक आएर उक्त क्षेत्रको वास्तविक अवस्था बुझ्न र किसानहरूको पीडा प्रत्यक्ष अवलोकन गर्न आग्रह गर्नुभएको छ।

विष्टले सामाजिक सञ्जालमा मुख्यमन्त्रीलाई लेखेको पत्र यस्तो छ ।

खुल्ला पत्र
माननीय मुख्यमन्त्री ज्यु म काँग्रेसको कार्यकर्ता हु र सधैँ रहिरहनेछु !!! तपाईँ हरू जस्तो पद मा पुगेर कार्यकर्ता वा गाउँ ठाउँ लाई चट्टकै बिर्सने नेता को कार्यकर्ता बन्न पाउँदा आफूलाई कहिलेकाहीँ मन मा बितिश्रणा आउँछ तर एक गर्बिलो इतिहास बोकेको पार्टी को सिपाही बनेको मा चाहिँ आफै मा गर्व लाग्छ!!!तपाईँ ३ पटक मुख्य मन्त्री बन्नु भो र तिन पटक नै बजेट ल्याउनु भो तिनै पटक मेरो यौटा मात्र योजना थियो खनिया ताल बाट देउथान चाका गाजरी बेवरा र ओखलढुङ्गा सम्म सिचाइ योजना!!! मैले तपाईँ सङ्ग कहिले पनि ८/१० लाख का कमाइ खाने योजना मागिन र माग्ने पनि छैन तर आज एक किसान ले यसरी रोप्न का लागि तयार भयको बीउ काट्दा मेरो मन निक्कै पोल्यो!!! तपाईँ हरू लाई बास्मती र मार्सी को चामल पुग्ला तर गाउँका झोपडी का किसान कसरी बाच्ने??
हामी एकातिर बिदेश जाने युवा रोक्ने भाषण गर्छौ र अर्को पहाड रित्तियो पहाडमा बस्ती रोक्नु पर्‍यो भनेर भाषण गर्छौ अब भन्नुस् यसरी नजिकै ठुलिगाड छ सिचाइ को सम्भावना छ तर सिचाइ बिना खेत बाझो रहे पछि माननीय मुख्यमन्त्री ज्यु विदेश नगएर के गर्ने??? तराइ नझरेर र पहाड कसरी बस्ने??
अन्तमा मलाइ थाहा छकी यो पढेपछि मुख्यमन्त्रीको सचिवालयमा उत्तर होइन एक छिन हाँसो उठ्छ हाँसेर उडाउनेछन् त्यो सचिवालय मा काम गर्ने मान्छे होइनन् यौटा सानो गुट को झुन्ड मा रमाउने अर्को को गुट लाई कसरी सिद्ध्याउने भनेर दिमाग लगाउने मात्र छन्!!!
तर यकपटक यो ठाउँ को वास्तविकता बुझ्न म माननीय मुख्यमन्त्री कमल बहादुर शाहलाई खुल्ला पत्र मार्फत बिन्रम अनुरोध गर्दछु!!!
उहीँ तपाईँको छुचो कार्यकर्ता
सिद्ध बहादुर विष्ट डोटी

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.