

असार ३० गते ,धनगढी: वेदान्ताचार्य साहित्यकार स्व. डमरूबल्लभ शर्मा उप्रेतीको ‘पुत्र–शोक’ कृतिको आइतबार एक कार्यक्रममा लोकार्पण गरिएको छ ।
आदिकवि भानुभक्त आचार्यको २१२औँ भानु जयन्तीको अवसरमा आइतवार धनगढीमा लोकार्पण गरिएको हो । सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीको आयोजनामा वेदान्ताचार्य डमरूबल्लभ शर्मा उप्रेतीको ‘पुत्र शोक’ लोकार्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि हुलाक निर्देशनालय सुदूरपश्चिम प्रदेश धनगढीका निर्देशक तथा साहित्यकार गोविन्दराज पाण्डेले आदिकवि भानुभक्त आचार्यको योगदानले नेपाली भाषाले नेपालमा मात्र नभई विश्वभर नेपालीहरूको गौरव बढाएको बताए ।
कार्यक्रममा साहित्यकार बासुदेव पाण्डेयले “तत्कालिन समयमा सुदूरपश्चिममा लोकछन्दमा लेखन हुने गरेको बताउदै डमरूबल्लभ उप्रेतीले वार्णिक संस्कृत छन्दमा काव्य लेखेर गहिरो विद्वत्ता देखाएको बताए । स्व. उप्रेतीको काव्यकृति ‘पुत्र–शोक’ सुदूरपश्चिमेली साहित्यको गौरवशाली सम्पत्ती भएको पनि उनले बताए । ‘पुत्र–शोक’ काव्य बझाङका राजा देवीजंग बहादुर सिंहका साहिँला छोरा राजकुमार कृष्णजंग बहादुर सिंहको निधन पछि राजकीय अनुमती लिएर लेखिएको मार्मिक कृति भएको उनले बताए । पुत्र शोक कम गर्नु पर्छ भन्दै सम्झाउने शैलीमा लेखिएको यस काव्यमा वाणिक छन्दको प्रयोग, कथ्यभासा, गद्यभाग र चाण्यक नितिको पनि प्रयोग भएको उनले वताए ।

स्व. साहित्यकार डमरुवल्भका नाति गणेशप्रसाद उप्रतीले वाजेले लेखेको काव्य प्रकाशन गरेकोमा पुण्य कमाएको कुरा उल्लेख गर्दै उनले भने -‘उत्तम वहादुर सिंह र जय पृथ्वी वहादुर क्याम्पसले यो कृति लेखन र उपलव्ध गराउन सहयोग गराउनु महान कार्य हो ।’
त्यो वेला वनारसमा शिक्षादिक्षा लिएका स्व. डमरुवल्लभ बझाङ्गी राजकाजिय परिवारमा पुरोहित, आत्मियता र विश्वासिला पात्र, कवि लेखनाथ पौड्याल संग संगत भएका र पछि आध्यात्मतिर पनि लागेका उनले वताए ।
कार्यक्रममा प्राज्ञ यज्ञराज उपाध्यायले नेपालीहरुमा आज असार २९ गते भानुजयन्तिको दिन अत्यन्त गौरव गर्ने दिनका रुपमा सम्झिनु पर्ने वताउदै उनले भने, -‘भानुभक्त आचार्यले सवैलाइ रामायण महाकाव्य मार्फत भासिक एकतामा वाध्ने काम गर्नु भएको छ ।’ स्व.उप्रेतीको ‘ पुत्र सोक’ काव्य कृतिले एक ऐतिहासिक नाम दर्ज गरेको प्राज्ञ उपाध्ययले वताए ।
त्यसैगरी कार्यक्रममा इतिहासकार लेखक उत्तमबहादुर सिंह, सुदूरपश्चिम विश्वविद्यालय कार्यकारी परिषद सदस्य सह–प्राध्यापक हरिकृष्ण कडायत लगायतले भानु जयन्ती तथा कृतीका विषयमा आफ्ना विचारहरु राखेका थिए । स्व. साहित्यकार डमरूबल्लभ उप्रेतीको वि.सं. १९८९ मा प्रकाशित ऐतिहासिक काव्यकृति ‘पुत्र–शोक’ तय्कालिन समयमा राजकाजिय परिवारमा मात्र केही सिमित पुस्तक प्रकाशन गरेर वाडिएको मानिएको छ । आइतबार उक्त काव्यको पुन प्रकाशन गरि लोकार्पण गरिएको हो ।
सुदूपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्पन्न भानु जयन्ती समारोह तथा कृती विमोचन कार्यक्रममा साहित्य समाजले यस वर्ष साहित्यकार टीआर पाठकलाई ‘यज्ञ विष्णुदास पुरस्कार’ र पूर्णबहादुर मल्ललाई ‘प्रतिभा श्री सम्मान’ पुरस्कारवाट सम्मान गरिएको छ ।

