


असार २८ गते, डोटी ः नेपाल परिवार नियोजन संघ डोटी शाखाको ४४ औँ वार्षिक शाखा सभा सम्पन्न भएको छ ।
शनिवार सिलगढी संघकै हलमा परिवार नियोजन संघ डोटी शाखाको ४४ औँ वार्षिक शाखा सभा एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले संघले प्रदान गर्दै आएको सेवाको प्रशंसा गर्दै थप सेवामा जोड दिन अनुरोध गरे ।
नेपाल परिवार नियोजक संघका केन्द्रीय संस्थापक सभापति द्वारिका देवी ठकुरानि प्रति श्रद्धा सुमन व्यक्त गर्दै उहाँले देखाएको बाटो बिर्सन नहुने उनले बताए ।
विगतमा स्वास्थ्यका क्षेत्रमा संघले गरेको कार्य भुल्न नहुने बताउँदै परिवार नियोजन संघलाई आगामी दिनमा अगाडी बढाउन सबै लाग्नु पर्ने बताए ।
सभामा मन्तव्य राख्ने वक्ताहरूले नेपाल परिवार नियोजन संघले गरेको सेवा राम्रो भएको बताउँदै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
नेपाल परिवार नियोजन संघ डोटीका शाखाका सभापति रघु कठायतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एव आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाश बमले गरेका थिए ।
साधारण सभाले आर्थिक वर्ष ०८१÷०८२ को आर्थिक तथा कार्यक्रम प्रतिवेदन पारित गरेको छ ।
साधारण सभाले शाखाको चक्रीय निर्वाचन प्रणाली अन्तर्गत लेखा विज्ञ सदस्य पदमा अनन्त कठायतलाई चयन गरेको छ । त्यस्तै फरक क्षमता महिला सदस्यमा शारदा विष्ट, विज्ञ कानुन सदस्यमा डन्डीराज ओझालाई चयन गरेको छ । निर्वाचित सदस्यहरूलाई निर्वाचन अधिकृत लवदेव भट्टले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
उक्त सभा कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि , परिवार नियोजन संघका पदाधिकारी, पूर्व पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।


