Sujang

पालिका स्तरीय परियोजना सल्लाहकार समितिबाट परियोजनाको अनुगमन

Ban
Krishi

गणेश बहादुर मौनी,असार २५,डोटी:एक्सीस परियोजना अन्तरगत बडीकेदार गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिले परियोजनाको अनुगमन गरेको छ ।
बालिका तथा समावेशी शिक्षा सञ्जाल गुनासो सुनुवाइ समिति विद्यालय सुधार योजना अन्तरगत समितिले बुधवार बर्छैन माध्यामीक विद्यालयमा गठन गरेको सञ्जालको गतिविधिको बारेमा अनुगमन गरी समीक्षा गर्नुका साथै समितिका काम कर्तव्यको बारेमा जानकारी गराइएको एक्सीस परियोजना जिल्ला अधिकृत लक्ष्मी देउवा बमले बताइन् ।
बडीकेदार गाउँपालिकाको शैक्षिक क्षेत्रमा सुधार ल्याउन परियोजनाले सहयोग गरेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए ।
अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शिक्षा शाखा प्रमुख, शाखाका कर्मचारी, संस्थाका कर्मचारी, पत्रकार लगाएको सहभागिता रहेको थियो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) र सामुदायिक विकास केन्द्र डोटीले डोटीका तिन पालिका बोगटान फुड्सिल गाउँपालिका, बडीकेदार गाउँपालिका र के आई सिंह गाउँपालिकामा एक्सीस परियोजना लागु गरी शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.