
पुर्बीचौकीको नीति : गाउँमै कमाउने गाउँमै रमाउने,स्थानीय कच्चा पदार्थ बाट साना उद्योग सञ्चालन प्रोत्साहन कार्यक्रम

असार १० गते,डोटी : डोटीको पुर्वीचौकी गाउपालिकामा आर्थिक वर्ष २०८२।०८३को नीति तथा कार्यक्रम प्रस्तुत भए सँगै गाउँमै कमाउने गाउँमै रमाउने वातावरण सृजना गर्न स्थानीय कच्चा पदार्थ बाट साना उद्योग विकास प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

पुर्वीचौकी गाउँपालिका गाउँ सभाको १७औँ अधिबेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष रामप्रसाद उपाध्यायले यस्तो कार्यक्रम सार्वजनिक गरेका हुन्।
पालिकाका जनताको आर्थिक विकासका लागी बेमौसमी तरकारी खेती,फलफूल खेती,जडीबुटी खेती,पशुपालन ,स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थ (निगालो,बाँस,अल्लो,मुथो,भिमल,लोतो), प्रयोग गरेर युवा स्वरोजगार कार्यक्रमलाई अगाडी बढाइने प्रस्तुत नीतिमा उल्लेख भएको छ ।

