Sujang

डोटी जिप दुर्घटना अपडेट : चालक सहित तीन जनाको मृत्यु, पाँच घाइते

Ban

असार ६, डोटी : डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । आज दिउँसो १ः४० बजेको समयमा आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटी स्थित दिपायल सायल सडक खण्डमा सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

Krishi

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परि सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षकी हरुदेवि विक, जिप चालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षकी काली कटुवालको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र कालीको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा ४ः१२ बजेको समयमा मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक काली गर्भवती रहेको खुलेको छ ।

दुर्घटनामा परि आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ बर्सिया अनिता विक, १६ वर्षकी स्यानु विक, सोही पालिकाको वडा नम्बर ७ दडिमाना बस्ने २२ वर्षका कैलास विष्ट, १४ वर्षका दीपक विष्ट घाइते र मृतक काली कटुवालकी १० वर्षकी छोरी साविता कटुवाल घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए । घाइते चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको छ । घाइतेहरू मध्य दुई जनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने तिनजालाई धनगढी रेफर गरिएको छ ।

दिपायलबाट मौवा तर्फ गइरहेको जिप सडक घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । जिप सडकबाट करिब २५० मिटर तल खसेको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.