Sujang

डोटीमा भएको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा आदर्श बन्यो च्याम्पियन

Ban

जेठ २२ गते,डोटी :डोटीको आदर्श गाउँपालिकाले आयोजना गरेको दोस्रो अध्यक्ष कप अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक टिम आदर्श गाउँपालिकाले जितेको छ।

आर्दश गाउँपालिकाको आयोजनामा आदर्शको मौवामा भएको उक्त प्रतियोगितामा  डडेलधुराको परशुराम नगरपालिकालाई ३(० को सोझो सेटले जित्दै आदर्शले उपाधि जितेको हो।

प्रतियोगितामा विजेताले एक लाख  एकतीस हजार एक सय एघार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र जितेको छ।

Krishi

यस्तै प्रतियोगितामा उपविजेता परशुराम नगरपालिका भएको छ। उसले एकासी हतिस एक सय एघार र ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

यस्तै तेस्रो स्थान हासिल गर्ने टिम बझाङको छविस पाथिभेरा गाउँपालिका रहेको छ। छविसले एकाउन्न हजार एक सय एघार रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगिता जेठ १८ देखि २१ गतेसम्म सञ्चालन भएको थियो।प्रतियोगितामा नौ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा नरहरिनाथ गाउँपालिका कालिकोटको टिमले सान्त्वना स्थान हासिल गरेको छ।

प्रतियोगितामा उत्कृष्ट सेटर जनक खड्का, ब्लकर जितेन्द्र ढुंङ्गाल, डिफेन्डर वीरेन्द्र कोली, सन्तोष साउँदउत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर पारस सिंह, उदयमान खेलाडी जगदीश ओझा भएका छन्। उनीहरूले जनही दुई हजार, ट्रफि, प्रमाणपत्र प्राप्त  गरेका छन्। प्रतियोगितामा  सर्वाेउत्कृष्ट खेलाडी सुनिल बोहरा भएका छन्। बोहराले तीन हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.