

जेष्ठ १०,डोटी :डोटीमा एक घरमा आगलागी भएको छ । शिखर नगरपालिका–६ कोट गाउँमा शनिबार दिउँसो आगलागी हुँदा एक घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

गणेशबहादुर बलायरको दुईतले चारकोठे ढुङ्गा–माटोले बनेको घरमा दिउँसो करिब पौने ३ बजे विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट घरको माथिल्लो तलाको एक कोठामा रहेका लत्ताकपडा, खाद्यान्न, भाँडावर्तन, काठका फर्निचर जलेर नष्ट भएका छन् ।
स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

