Sujang

रूखले च्यापिएर पूर्वक्याम्पस प्रमुखको मृत्यु

Ban

बैशाख २ गते ,कैलाली : हावाहुरीका कारण ढलेको रूखले च्यापिएर आज कैलालीमा पूर्वक्याम्पस प्रमुखको मृत्यु भएको छ । मृत्यु हुनेमा राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारी रहेका छन् । 

 

Krishi

इलाका प्रहरी कार्यालय सुक्खडका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीका अनुसार आज बिहान ९ बजे आएको हावाहुरीका कारण घर नजिकै रहेको सालको रूख ढलेर भण्डारी गम्भीर घाइते भएका थिए । 

 

टाउकोमा गहिरो चोट लागि गम्भीर भएका भण्डारीको उपचारका क्रममा घोडाघोडी अस्पताल सुक्खड पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर गरिएका भण्डारीको उपचारका क्रममा साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.