Sujang

सुदूरपश्चिम प्रदेश प्रहरीको प्रमुखमा डीआईजी बिक आउने

Ban

वैशाख २२ गते : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर बिक आउने भएका छन्।प्रहरी प्रधान कार्यालयले साईबर ब्युरोमा कार्यरत रहेका बिकको सरुवा गर्दै सुदूरपश्चिमको जिम्मेवारी दिएको हो।

Krishi

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका डीआईजी गणेशबहादुर चन्द सेवा निवृत्त भएपछि उक्त पद खाली रहेको थियो।चन्दको अवकाशपछिको खाली पद पूर्तिका लागि गरिएको निर्णय अनुसार बिकलाई प्रदेश प्रहरी प्रमुख बनाइएको हो।

डम्बरबहादुर बिक लामो समयदेखि प्रहरी सेवामा अनुभव प्राप्त अधिकृत हुन्। उनले साइबर अपराध अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गरेका थिए।साईबर ब्युरोमा कार्यरत रहँदा डिजिटल सुरक्षासम्बन्धी विभिन्न ठूला अनुसन्धानको नेतृत्व गरेका बिक अब सुदूरपश्चिम प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने महत्वपूर्ण जिम्मेवारी सम्हाल्न लागेका हुन्। प्रहरी संगठनभित्र अनुशासित, कर्मठ र सक्षम अधिकृतका रूपमा परिचित बिकको नेतृत्वमा सुदूरपश्चिम प्रदेशको कानून व्यवस्था थप सुदृढ हुने विश्वास गरिएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.