Sujang

कञ्चनपुरमा जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु

Ban

वैशाख ११ गते: कञ्चनपुरमा जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु भएको छ।जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जनक बिष्टको निधन भएको हो।

Krishi

४५ वर्षीय विष्ट बुधवार साँझ वेदकोट नगरपालिका–३ स्थित बेदकोट ताल नजिकैको जंगलमा अचेत अवस्थामा भेटिएका बिष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ।स्थानीयवासीले जंगलमा अचेत अवस्थामा फेला पारेपछि उनलाई तत्कालै उपचारका लागि महेन्द्रनगरस्थित महाकाली अस्पतालमा पुर्‍याइएका थिए।

अस्पतालमा भर्ना गरिएपनि उपचारका क्रममा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार प्रारम्भिक अनुसन्धानमा विष सेवन गरिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ। बिष्ट २०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित वडा सदस्य हुन भने २०७९ को स्थानीय निर्वाचनमा नेकपा ऐमालेबाट वडा अध्यक्षका निर्वार्चित भएका थिए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.