Sujang

डोटी सुनचाँदी व्यावसायी संघ डोटीको अध्यक्षमा नितेश सोप

Ban

सुबास नेपाली,चैत्र २६,डोटी:डोटी सुनचाँदी व्यावसायी संघ डोटीको अध्यक्षमा नितेश सोप निर्विरोध निर्वाचित भएका छन्।

Krishi

डोटी सुनचाँदी व्यावसायी संघ डोटीको पिपल्ला स्थित रिभर साइड होटलमा सम्पन्न तेस्रो जिल्ला अधिबेशनले अध्यक्ष सोप सहित वरिष्ठ उपाध्यक्षमा पदम स्वर्णकार,उपाध्यक्षहरुमा अनिल सोप र गणेश सोप,महासचिवमा किशोर दियाली,सचीवमा राम बहादुर बिक,सह-सचीवमा असोक सोप,कोषाध्यक्षमा रबिन्द्र सोप,सह-कोषाध्यक्षमा जय बिक सदस्यहरुमा राजु बिक,सुरेन्द्र गोतामे,दिपक सुनार र सन्तोष चुनारा गरि १३ जनाको जिल्ला कमिटीलाई निर्विरोध निर्वाचित गरेको हो।

कार्यक्रममा सुनचाँदी व्यावसायी संघका सुदुर पश्चिम प्रदेश अध्यक्ष सन्तोष लामिछाने प्रमुख अतिथि, विशिस्ट अतिथिमा सुनचाँदी व्यावसायी संघका सुदुर पश्चिम प्रदेश सल्लाहकार जगत सोप रहनु भएको थियो भने अतिथिमा जिल्ला प्रहरीकार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक बिनोद शर्मा ,पत्रकार लगायतको उपस्थिति रहेको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.