Sujang

डोटीमा बजार अनुगमनबाट १५ हजार बराबरको म्याद गुज्रेको खाद्य सामाग्री बरामत गरी नष्ट

Ban

फागुन २९, डोटी : डोटीमा बजार अनुगमनबाट १५ हजार ५५ रुपैयाँ बराबरको म्याद गुज्रेको खाद्य सामाग्री बरामत गरी नष्ट गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले संयुक्त रूपमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडा र पुर्विचौकी गाउँपालिका वडा नम्बर १ शान्तिनगरमा बजार अनुगमन गरेको थियो ।

Krishi

बजार अनुगमन बाट विभिन्न प्रकृतिका म्याद गुज्रेका खाद्य सामाग्रीहरू फेला परेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्रमुख सागर सापकोटाले बताए । प्रमुख सापकोटाका अनुसार बजार अनुगमनबाट खाद्य पर्दाथ सुजी, मसालाहरू, कोक, बियर लगायतका प्राय बढी मात्रामा म्याद गुज्रेका भेटिएका बताए । उपभोक्ताहरूले सामाग्री खरिद तथा प्रयोग गर्दा म्याद हेरेर मात्र प्रयोग गर्न सुझाव समेत दिएका थिए ।

उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको कालोबजारी, नियम विपरीत मूल्य, म्यान नाघेका चिज बस्तुहरूको नियन्त्रण गर्नका लागि बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय डोटीका नासु तिलक नेपालीले बताए ।

संयुक्त रूपमा गरिएको अनुगमन टोलीले खाद्य सामाग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे नगरेको, व्यवसायको नाम,मूल्य सुची हेर्नुका साथै नभएको व्यवसायीलाई राख्न निर्देशन गरिएको जनाइएको छ । बजार अनुगमनमा सबै प्रकृतिका पसलहरू अनुगमन गरिएको अनुगमन टोलीले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.