Sujang

दिपायलबाट धनगढीतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु, ३ घाइते

Ban
Krishi
फागुन २५ गते,धनगढी। कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

भने २ जना घाइते भएका छन्। शनिवार जिल्लाको चुरे गाउँपालिका-५ निङलाडी स्थित भीमदत्त राजमार्गमा डोटी दिपायलबाट धनगढी जादै  गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १५२२ नम्बरको जिप आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त दुर्घटनामा चालक डोटीको सायल गाउँपालिका-४ भाङयारे बस्ने २२ वर्षीय शंकर बोगटी सख्त घाईते भएका हुन्।

घाइते बोगटीलाइ उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाइएको छ। उक्त जिपमा सवार अन्य तीन जना भने घाइते भएका छन्। घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका-१ बस्ने २१ वर्षीय हिमाल खडका, सोही ठाउँ बस्ने २१ वर्षीय सुरेश खडका र सायल गाउँपालिका-६ बस्ने १६वर्षीया कविता साउद रहेका छन्।

घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको छ। जिप सडकबाट अन्दाजी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.