

सुवास नेपाली ,फागुन१३,डोटी :डोटी जिल्लाका ४ पालिकाका शारीरिक अपाङ्गता भएकाहरूलाई सहायक सामाग्री वितरण गरिएको छ।
आदर्श गाउँपालिका,सायल गाउँपालिका,पुर्बिचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको हो।
वर्ड भिजन इन्टरनेशनल र पालिकाहरूको साझेदारी तथा समान पहुँच विकास केन्द्र सिड नेपालको समन्वयमा आदर्श गाउँपालिकाका ३७ ,सायल गाउँपालिकाका १८,पुर्बिचौकी गाउँपालिकाका २१ र दिपायल सिलगढी नगरपालिकाका २० जना गरी ९६ जना शारीरिक अपाङ्गता भएका ब्यक्तीहरुलाई ७ लाख ३ हजार ५ सय २० रुपैयाँ बराबरको सहायक सामग्री वितरण गरिएको समान पहुँच विकास केन्द्र डोटीका बाल संरक्षण स्पोन्सर परियोजना संयोजक सुनिल जोशीले जानकारी दिनुभयो।

शारीरिक अपाङ्गताका कारण धेरै जसो अपाङ्गता भएका व्याक्तिहरुलाई दैनिकीमा असहज भइरहेको कुरालाई मध्यनजर गर्दै वितरण गरिएका सामाग्रीहरूले थोरै भए पनि सहयोग पुग्ने दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिंह खडकाले बताउनुभयो ।
शारीरिक अपाङ्गता भएका ब्यक्तीहरुको दैनिक क्रियाकलापमा सहजता ल्याउने उद्देश्यले वितरण गरिएका सामाग्रीहरूले उनीहरूको मानसिक स्वास्थ्यमा पनि राम्रो असर पर्ने समान पहुँच विकास केन्द्र डोटीका अध्यक्ष यज्ञराज जोशीको भनाई रहेको छ।
समावेशितालाई ध्यानमा राखी वर्ड भिजन ईन्टरनेशनल नेपालले अपाङ्गता भएका ब्याक्तिहरुलाई सहयोग गर्नुपर्छ भन्ने उद्देश्य साथ पालिकाहरूको सहकार्यमा यो कार्यको थालनी गरिएको वर्ड भिजनका टिम लिड नारद मलासिले बताए।
जिल्लामा धेरै अपाङ्गता भएका ब्यक्तीहरुले शारीरिक अपाङ्गताका कारण शारीरिक तथा मानसिक समस्या खेप्दै आइरहेका छन् यस्ता सहायक सामाग्रीले उनीहरूको दैनिकीमा सहजता ल्याउनुका साथै मानसिक स्वास्थ्यमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।

