Sujang

‘दिल्पेश्वर भलिबल लिग -२’ को उपाधि दिपायल सिलगढी नगरपालिकालाई

Ban

माघ १६ गते डोटी : दिल्पेश्वर स्पाेर्टस् क्लब दिपायलको आयोजनामा गरिएको  ‘दिल्पेश्वर भलिबल लिग -२’ को उपाधि दिपायल सिलगढी नगरपालिकाले जितेको छ।

‘दिल्पेश्वर भलिबल लिग -२’ को मङ्गलवार  भएको फाइनल खेलमा आयोजक  दिल्पेश्वर स्पाेर्टस् क्लब दिपायललाई हराउँदै दिसिनपाले उपाधि हात पारेको हो। उपाधिसँगै दिसिनपाले १ लाख ५१ हजार एक सय एघार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

निकै प्रतिस्पर्धात्मक देखिएको दुई समूह बिचको खेलमा आयोजक अन्तमा उपविजेता बनेको छ। उप विजेताले रु ६८ हजार ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै तृतीय स्थान हासिल गर्ने क्षेत्रीय प्रहरी तालीम केन्द्र दिपायलले नगद रु २८ हजार ,प्रमाणपत्र प्राप्त गरेको छ ।

उक्त खेल अवधि भर विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद ,ट्फि प्रमाणपत्र प्रदान गरिएको थियो ।

Krishi

‘दिल्पेश्वर भलिबल लिग -२’लाई सम्पन्न गर्न सहयोग गर्ने सहयोगीहरूलाई समेत समापन कार्यक्रम सम्मान गरिएको थियो ।

मङ्गलवार दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिंह खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले विजेता उपविजेता लगायत सम्पूर्णमा बधाई तथा शुभकामना दिएका थिए ।  खेलकुद क्षेत्रले गाउँ ,ठाउँ ,जिल्ला र देश चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । भलिबल लिगले खेलाडीहरूको पहिचान र नयाँ खेलाडी उत्पादनमा विशेष भूमिका खेलेको उनले बताए । खेलाडीहरूलाई खेल्नको सुविधायुक्त खेलमैदान निर्माण गर्न पहल भइरहेको समेत उनले बताए । दिल्पेश्वर भलिबल लिगका आगामी चरणमा सहयोग रहने बताए ।

उक्त कार्यक्रम हुड्केली ,पुतला नाच, भुवा, नृत्य ,डेउडा समेत प्रदर्शन गरिएको थियो ।

क्लब कार्यवाहक अध्यक्ष रामभक्त सुनार अध्यक्षतामा भएको समापन कार्यक्रममा जनप्रतिनिधि,सरकारी तथा गैरसरकारी संघ संस्था प्रमुख , सुरक्षा निकायका प्रमुख राजनीति दल, पत्रकार ,विद्यालय प्रअ, शिक्षक खेलाडी लगायतको सहभागिता रहेको थियो ।

समापन कार्यक्रमको सञ्चालन गजलकार अम्मर खड्काले गरेका थिए ।

उक्त प्रतियोगितामा लालीगुराँस युवा क्लब कलेना, नवदुर्गा गाउँपालिका डडेलधुरा, ओआईसि कन्स्ट्रक्सन डोटी, आयोजक ए र बि, के आई सिंह ५,प्रहरी तालिम केन्द्र दिपायल,रोयल राजपुर,सहनशील समैजी युवा क्लब डडेलधुरा,दिपायल सिलगढी नगरपालिका डोटी,गडपानी रोयल राजपुर र पुर्वीचौकि गाउँपालिका गरी १३ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.