Sujang

एच.पी.भी. खोप सम्बन्धी अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सुरु

Ban
सुवास नेपाली, माघ ३,डोटी :एच पी भि खोप अभियान २०८१ लाई सफल पार्ने उद्देश्यले डोटी जिल्लामा स्वास्थ्यकर्मीहरूका लागि जिल्ला स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको छ।
स्वास्थ्य कार्यालय डोटीको आयोजनामा जिल्लामा रहेका ९ओटै पालिकाका स्वास्थ्य शाखा प्रमुख र कोल्ड चेन प्रमुख  गरी १८ जना  र स्वास्थ्य संस्था प्रमुख १३० लाई अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीमा सहभागी गराई एच पी भि खोप अभियान २०८१ सम्बन्धी योजना तयार पारिने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।
पहिलो लटमा माघ ३ गते देखि ४ गते सम्म बडिकेदार गाउँपालिका र बोगटान फुडसिल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख र कोल्ड चेन प्रमुख तथा स्वास्थ्य संस्था प्रमुखहरूलाई अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठमा सहभागी गराइएको  प्रमुख मलासीले बताए ।
माघ २२ गते बाट सञ्चालन हुने खोप अभियानमा डोटी जिल्लाका ११ हजार ६ सय ३३ छात्रा तथा किशोरीहरूलाई एच भि पी खोप लगाइने स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिए।
जस मध्य दिपायल सिलगढी नगर पालिकाका २ हजार २ सय १३,शिखर नगरपालिकाका १ हजार ७ सय ७३,आदर्श गाउँपालिकाका १ हजार ३ सय ९३,के आइ सिंह गापालिकाका १ हजार १ सय ८३,जोरायल गाउँपालिकाका १हजार १ सय २२,पुर्बिचौकी गाउँपालिकाका १ हजार २ सय ४६,बडिकेदार गाउँपालिकाका७ सय ४५,बोग्टान फुडसिल गाउँपालिकाका ७ सय ९१ र सायल गाउँपालिकाका १ हजार १सय ६७ गरी ११ हजार ६ सय ३३ विद्यालयका छात्रा तथा विद्यालय बाहिरका किशोरीहरू समावेश हुने छन्।
Krishi
उक्त खोप अभियानलाई सफलता पूर्वक सम्पन्न गर्न कार्यालयले पोस्टर देखि प्रचारप्रसारलाई पनि तीव्रता दिएको छ।
एच पी भि खोप 
ह्यूमन प्यापीलोमाभाइरस (एच.पी.भी.) भनेको महिला र पुरुष दुवैलाईअसर पार्ने सामान्य भाइरस हो यो भाइरस भएको कुनै व्यक्तिसँग यौन क्रियाकलापमा हुँदा यौनाङ्ग सम्पर्कबाट एच. पी. भी. फैलिन्छ । यो भाइरस छालाको अति सूक्ष्म प्वालहरूबाट छिर्छ र रगत वा अन्य शारीरिक तरल पदार्थहरूबाट सर्दैन । कन्डमहरू प्रयोग गर्दा पूरै यौनाङ्गको छालाको भाग नछोप्ने हुनाले सीमितरुपमा मात्र सर्नबाट बचाउँछ ।
सबै प्रकारका एच.पी.भी. का देखिने लक्षणहरू हुन्छ भन्ने छैन। एच.पी. भी. सङ्क्रमण भएका धेरै मानिसहरूलाई यसको बारे थाहा हुँदैन। केही एच.पी.भी. प्रजातिहरूको कारणले शरीरको कुनै पनि भागमा मूसो (warts) हरू देखिन सक्छ। यसमा जननांग (योनीद्वारा, योनी,गर्भाशयको नली, लिङ्ग, अण्डकोष, मलद्वार र परिनियम) पनि पर्दछ ।ती मूसोहरू सामान्यतया नदुख्ने हुन्छन्, तर कहिलेकाहीँ चिलाउने वा असजिलो हुने हुन्छन् । शरीरमा मूसोहरू एच. पी. भी. का जुन प्रजातिहरूका कारणले देखिन्छ, त्यसलाई ‘न्यून जोखिम भएका प्रजातिहरू भनिन्छ किनकि यी क्यान्सरसँग सम्बन्धित छैनन् ।
एच.पी.भी. का अन्य प्रजातिहरूलाई ‘उच्च जोखिम भएका प्रजातिहरू भनिन्छ किनकि यिनीहरू क्यान्सर हनुअघिका कोशिकाहरूलाई बढाउन सक्छन् । यदि उपचार गरिएन भने ती कोशिकाहरू क्यान्सरमा परिणत हुन सक्छन्।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.