Sujang

कैलालीको खुटिया नदीमा बेपत्ता भएकी बालिकाको शव फेला

Ban
भदौ २३,धनगढीः कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएकी एक बालिकाको शव फेला  परेको छ।
Krishi

आइतवार धनगढी उपमहानगरपालिका–१५ र वडा नम्बर–७ को बिचमा पर्ने वेली पुल नजिकै खुटिया नदीमा धनगढी–१४ ‘जी’ गाउँकी १४ वर्षीया सवि अवस्थी र १६ वर्षीया जेनिसा अवस्थी नदीमा डुबेकी थिइन्। नदीमा डुबेकी सविलाई उद्धार गरे पनि जेनिसा भने बेपत्ता थिइन्।

बेपत्ता भएकी जेनिसाको शव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनको शव घटना स्थलभन्दा ५०० मिटर तल फेला परेको हो। अहिले जेनिसाको शवलाई पोष्टमार्टमको लागि पठाइएको छ।  घाइते सविको निर्सग अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.