Sujang

सुदूरपश्चिमका खानीहरु उत्खनन गराउँछु : उद्योगमन्त्री भण्डारी

Ban
Krishi

फागुन २९,धनगढी :उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

सुदूरपश्चिमको बैतडीबाट प्रतिनिधिसभामा निर्वाचित भण्डारीले मंगलबार कैलालीको धनगढीमा प्रेस चौतारीले गरेको कार्यक्रममा सुदूरपश्चिमका खानीहरुको अध्ययन तथा उत्खननलाई प्राथमिकतामा राख्ने बताए ।

‘सुदूरपश्चिममा फस्फोरसको ठूलो सम्भावना छ । म त्यसको अध्ययन र उख्खननका लागि लाग्नेछु’, भण्डारीले भने, ‘यहाँका फलाम, तामा र अन्य खानीहरु मेरो प्राथमिकतामा रहनेछन् ।’

१० पुसमा एमाले–माओवादी गठबन्धन बन्दा भण्डारी पहिलो पटक मन्त्री बनेका थिए । पछि प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गठबन्धन गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो । २१ फागुनमा पुनः एमाले–माओवादी गठबन्धन बनेपछि १४ महिनापछि भण्डारी उद्योग मन्त्रालयमा फर्किएका छन् । उनले विगतमा आफूले थालेका काम अघि बढाउने बताए ।

‘कञ्चनपुरको दोधाराचाँदनीमा सुख्खा बन्दरगाहको काम मैले जे सुरुवात गरेको थिएँ, एक कदम पनि अगाडि बढेको रहेनछ’, भण्डारीले भने, ‘दैजीको विशेष आर्थिक क्षेत्रको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो तर त्यसपछिको सरकारले त्यसमा कुनै ध्यान नै नदिएको पाएँ । अब यी कामलाई प्राथमिकताका साथ गर्छु ।’

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.