Sujang

पत्रकार कठायतले गरिन जन्म दिनमा आश्रमलाई सहयोग

Ban
पुष १८ डोटी : पत्रकार सरिता कठायतले जन्म दिनमा आर्थिक सहयोग गरेकी छन्। जिल्लाको शिखर नगरपालिका वडा नम्बर ६ मा रहेको श्री मष्टा गुरुकुल विद्या आश्रमलाई उनले आर्थिक सहयोग गरेकी हुन्।
Krishi

मष्टा गुरुकुल विद्या आश्रम चुडीलाई भोजनका लागि चार हजार एक सय ५५ रुपैयाँ सहयोग गरेको उनले बताइन्। २०७५ सालमा स्थापना भएको विद्या आश्रममा अहिले १६ जना छात्रले अध्ययन गर्दै आएका छन्। उनीहरूका लागि खाद्य सामाग्री तथा अन्य खर्च स्थानीय तहरू र विभिन्न व्याक्तिले गर्ने आर्थिक सहयोगबाट चल्दै आएको छ। आर्थिक अभावका कारण आश्रममा एक जना मात्र शिक्षक छन। एक जना शिक्षक र एक जना कार्यालय सहयोगीले आश्रम सञ्चालन गर्दै आएका कठायतले बताइन्।

संस्कार, संस्कृति, धर्म, वेद विद्या जस्ता धार्मिक परम्पराको जग्रेनाका लागि आश्रम सञ्चालन गरिएको सञ्चालक धुर्वराज फुलाराले बताए।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.