Sujang

गोदावरीमा भएको मिनी ट्रक दुर्घटनामा एक महिलाको मृत्यु, १३ घाइते

Ban

मंसिर ४, धनगढीः कैलालीको गोदावरीमा भएको मिनी ट्रक दुर्घटनामा एक महिलाको मृत्यु भएको खुलेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ सोमवार साँझ तिर भएको दुर्घटनामा महिलाको मृत्यु भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार उनको परिचय खुलेको छैन।

Krishi

पहाडबाट धनगढी जादै गरेको से १ ख १४३८ नम्बरको ट्रक दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्। दुर्घटनामा परि डोटी जोरायल गाउँपालिका वडा नम्बर २ का ३४ वर्षीय ललिता सारू, पाँच वर्षीय आर्यान सारू, दुई वर्षीय आरसी सारू, ४० वर्षीय हुकुम विक, १४ वर्षीय जिवन विक, ६० वर्षीय रँग कामी, २५ भरत मल्ल, १८ वर्षीय भुवन मडै, २८ वर्षीय यादव रावल, ४० वर्षीय राम बहादुर रावत घाइते भएका छन्। उनीहरूको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

यस्तै १२ वर्षीय विपिन विक, ३६ वर्षीय टेक बहादुर सारू, ३४ वर्षीय कल्पना विकको धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ। मिनी ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.