Sujang

संविधान दिवसमा बगलेकमा सरसफाई

Ban

डोटी – आठाैं संविधान दिवसका अवसरमा सरसफाइ गरिएको छ । सोमबार दिवसको अवसरमा माओवादी केन्द्र निकट अनेरास्ववियू अखिल (क्रान्तिकारी) विद्यार्थी सङ्गठन डोटीले आन्तरिक पर्यटकको रोजाइमा परेको बग्लेकमा सरसफाइ गरेको हो ।

“जथाभाबी प्लास्टिक सिसा तथा फोहोर नफालौँ, पर्यावरणीय सौन्दर्य लाइ रक्षा गरौँ” भन्ने नाराका साथ पर्यटकीय क्षेत्र बग्लेकमा सरसफाइ गरेको अखिल (क्रान्तिकारी) डोटीका अध्यक्ष प्रकाश जोशीले बताए ।

Krishi

खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार बगलेक फोहर हुँदा  आन्तरिक तथा बाह्य पर्यटकमा नराम्रो प्रभाव पर्ने भएकोले कान्तिकारीले गरेको सरसफाइ कार्यक्रम राम्रो भएको माओवादी केन्द्रकी सुदूरपश्चिम प्रदेश सदस्य गीता सोप नेपालीले बताइन् । उनले कुनै विशेष दिन पारेर मात्रै नभई प्रत्यक्ष नागरिकलाई लाभ हुने कार्य सधैँ गरिरहन अखिल (क्रान्तिकारी) लाई सुझाव दिइन् ।

प्राकृतिक सम्पदा मात्र नभई सांस्कृतिक सम्पदा बचाउनका लागि पनि क्रान्तिकारी लाग्नुपर्ने माओवादी केन्द्र दिपायल सिलगढी नगरपालिकाका कमिटी अध्यक्ष अशोक शोपले बताए ।

लामो सङ्घर्ष पछि नेपाली जनताले पाएको संविधान र संविधान प्राप्त गर्नको लागि ज्यानको बलिदान दिएका वीर सहिदको सपना साकार पार्न अखिल क्रान्तिकारीले सधैँ यस्ता कार्यमा लागि रहने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य गणेश बमले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.