Sujang

सरकारको समर्थनमा अनेरास्ववियू (क्रान्तिकारी) को नागरिक हस्ताक्षर अभियान

Ban

डोटी :अनेरास्ववियू (क्रान्तिकारी) डोटीले बृहत् नागरिक हस्ताक्षर अभियान सुरु गरेको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय डोटी अगाडीबाट भ्रष्ट्राचार विरुद्ध सरकारको अभियानमा समर्थन स्वरूप अनेरास्ववियू (क्रान्तिकारी) ले हस्ताक्षर अभियान सुरु गरेको हो ।

Krishi

नेकपा (माओवादी केन्द्र) का डोटी जिल्ला संयोजक तथा बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले हस्ताक्षर गरेपछि डोटीमा बृहत् नागरिक हस्ताक्षर अभियानको सुरुवात भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदमप्रति समर्थन जनाउँदै माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) डोटीले नागरिक हस्ताक्षर अभियानको सुरुआत गरेको छ । ‘सुशासन प्रचण्ड सरकारको सरोकार, भ्रष्टाचारविरुद्ध नागरिक हस्ताक्षर’ भन्ने मूल नाराका साथ कार्यक्रम सुरु गरिएको हो ।

वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदमलाई ऊर्जा दिन आवश्यक भएकाले देशभर झैँ डोटीमा पनि सरकारको समर्थनमा अभियानको सुरुवात गरिएको अनेरास्ववियू (क्रान्तिकारी) डोटीका अध्यक्ष प्रकाश जैशीले बताए । सुशासन कायम हुन नसकेका बेला सरकारले थालेको सुशासनको कदमलाई सबैले साथ दिनुपर्ने अध्यक्ष जैशीले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.